नवौ राष्ट्रिय खेलकुदः पुरुष हक्की हुने खेल मैदान अझै तयार भएन, खेल भोलीबाट

पोखरा स्पोर्टस । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भोलीदेखि  पुरुष हक्की प्रतियोगिता सुरु हुदैछ तर मैदान भने अझै तयार भएको छैन । पुरुष तर्फको हेम्जाको गौरिशंकर खेल मैदानमा तथा महिला तर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिदै छ ।

पर्याप्त भौतिक व्यवस्थापन नहुँदा प्रतियोगिताहरु जति नजिकिदै छन् त्यति नै आयोजकलाई प्रतियोगिताको भौतिक व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । भोलिदेखि औपचारिक सुरुवात हुन लागेको हक्की प्रतियोगिताको लागि आज बल्ल हेम्जाको गौरिशंकर खेल मैदानका घाँस काट्नुका साथै मैदान व्यवस्थापन गर्ने लगाएतका काम गरिएको नेपाल हक्की संघको केन्द्रिय उपाध्यक्ष हिमाल खड्काले बताएका छन् ।

आज पनि राति अवेर सम्म मैदानको घाँस काटिने र बाँकी भोली विहानैबाट काटिने तथा मैदान मार्किङ लगाएतका कार्य हुने उपाध्यक्ष खड्काले बताए । हतार हतारमा व्यवस्थापन गरिएका यस्ता खालका पुर्वाधारहरुमा खेलाडीहरुलाई चोटपटकको चुनौति रहेकोे उनले गुनासो गरे ।

“समयमा खेल मैदान व्यवस्थापन तर्फ सम्बन्धित निकायले ध्यान दिएन”, उनले भने, “मैदानमा अहिले भर्खर काटिएका घाँसका ठुटाहरु र ससाना ढुंगाका टुक्राहरु जताततै छन्,खेलाडीहरुलाई कसरी खेलाउने ?” स्थानिय निकाय, खेल व्यवस्थापक लगाएत सम्बन्धित निकाय विच समन्वय नभएकोले यस पटकको राष्ट्रिय प्रतियोगिता दयनिय भौतिक अवस्थामा गराउन लााग्दा दुख लागेको उनले बताए ।

उनले भौतिक पुर्वाधार पर्याप्त नहुदा हक्की प्रतियोगिता प्रदेश बाहिर लैजादा राम्रो सन्देश नजाने भएकोले चुनौतिका बावजुत पनि कास्कीमै गराउन लागेको बताए । यता राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले छोटो समयमा सवै खेलको भौतिक व्यवस्थापन गर्दै गर्दा कुनै प्रतियोगिताहरु अभाव र चुनौतिका बावजुत सञ्चालन गर्न लागिएको स्विकार गरेका छन् ।

गण्डकी प्रदेश आयोजक रहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि केन्द्रबाट नै समयमा बजेट प्राप्त नभएकोले समयमा प्रतियागिताका लागि पुर्वाधारहरु व्यवस्थापन गर्न आयोजक चुकेको बताए । “प्रतियोगिताको लागि भौतिक व्यवस्थापनका लागि बजेट प्राप्त भएको छैन, मौखिक रुपमा मात्रै बजेटको कुरा भएको छ,” सदस्य गुरुङले भने,“बजेट नभएकोले हामी यस विषयमा चुकेका छौ ।” खेल स्थल छनौट व्यवस्थापन हतारमा भएपनि प्रतियोगिता सफल बनाउनको लागि आयोजकका विभिन्न निकाय लागि परेको उनले बताए ।

भोलिबाट हक्कीमा पुरुष तर्फ नौ टिम र महिला तर्फ ७ टिमले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्धघटन हुने भनिएपनि प्रतियोगिता अन्तर्गतका केहि खेलहरु भने सुरु भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close