नवौं राष्ट्रिय खेलकुदः ह्याण्डबल खेल सुरु, उद्घाटन खेलमा गण्डकीको सहज जित

पोखरा स्पोर्टस । नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल खेल सुरु भएको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु प्रतियोगिताको नेपाल सरकार अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन् । मन्त्री शर्माले रेफ्रीलाई बल हस्तान्तरण गर्दै ह्याण्डबल खेलको उद्घाटन गरेका हुन् ।

मन्त्री शर्माले उद्घाटनमा बोल्दै स्वस्थ प्रतिस्पर्धा गर्न खेलाडीसमक्ष आग्रह गरे । खेलकुद स्वस्थ र स्वच्छ हुन्छ, खेलाडीले पनि स्वस्थ प्रतिस्पर्धामार्फत खेललाई उत्सवमा पु¥याउन आग्रह गरे । राष्ट्रिय खेलकुदमार्फत प्रतिभावान खेलाडीहरुको उत्पादन हुने उनको भनाई थियो ।

उद्घाटन खेलमा पुरुषतर्फ घरेलु गण्डकीले मधेश प्रदेशमाथि ६६–१३ को फराकिलो अन्तरले हरायो । उक्त खेलमा गण्डकीका चन्द्र केसीले सर्वाधिक १० गोल गरे ।

प्रतियोगितामा ७ प्रदेश र २ विभागीय गरी ९ टिमको सहभागिता छ । विभागीय नेपाल पुलिस र एनआरएनएले ह्याण्डबलमा सहभागिता जनाएको छैन । महिला÷पुरुष गरी ९ टिमबाट खेलाडी, टिम प्रशिक्षक, टिम व्यवस्थापक र अफिसियल गरी ह्याण्डबलमा करिब ३ सयको सक्रिय सहभागिता छ । असोजको २९ गतेसम्म ह्याण्डबलका खेलहरु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close