
पोखरा स्पोर्टस । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हुने गण्डकी प्रदेशका बक्सिङ विजेता खेलाडीहरुलाई नगद पुरस्कारको घोषणा गरिएको छ ।

बक्सिङका गण्डकी प्रदेश अध्यक्ष राजेन्द्र पहारी र कास्की जिल्ला अध्यक्ष सुमन कुमार श्रेष्ठले यस्तो घोषणा गरेका हुन् । अध्यक्ष पहारीले स्वर्ण, काश्य र रजत पदक विजेतालाई क्रमश नगद १५ हजार, १० हजार र ५ हजार प्रदान गर्ने घोषणा गरेका छन् भने कास्की बक्सिङका अध्यक्ष श्रेष्ठले नगद १० हजार, ५ हजार र ३ हजार प्रदान गर्ने घोषणा गरेका छन् ।
नवौं राष्ट्रिय खेलकुदमा खेलाडीहरुको मेहनतबाट प्रभावित भएर आफूहरुले पुरस्कार राशी घोषणा गरेको अध्यक्ष श्रेष्ठले बताए । “हामी खेलाडीहरुलाई केही प्रोत्सहान मिलोस भनेर ने नगद पुरस्कारको घोषणा गरेका छौं । नवौंमा खेलाडीहरुले अपेक्षाकृत रुपमा राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छौं”–उनले भने ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङ खेल असोज २८ देखि कार्तिक ३ गते सम्म पोखरा रंगशालामा हुनेछ । गण्डकी प्रदेशबाट नवौं राष्ट्रिय खेलकुदमा महिला र पुरुष गरी २० खेलाडी सहभागिता हुने छ । खेलाडीहरुलाई बक्सिङ प्रशिक्षक लोक बहादुर गुरुङले प्रशिक्षण दिइरहेका छन् ।
