
पोखरा स्पोर्टस । सहारा क्लव पोखराले नेपालीहरुको महान पर्व वडा दशैं तथा दिपावली २०७९ को अवसरमा शुमकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा पोखरा १७ स्थित सहारा एकेडेमीमा विभिन्न खेलकुद र मनोरञ्जनात्मक कार्यक्रम गरीएको हो । कार्यक्रममा सहारा क्लवका पूर्व अध्यक्षहरु विक्रम थकाली, विरभद्र आचार्य, निवर्तमान अध्यक्ष केशव बहादुर थापा, क्लवका सल्लाहाकारहरु, पदाधिकारीहरु र आजिवन सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बंगालादेश विरुद्धको मैत्रीपूर्ण खेलमा जित हासिल गर्ने नेपाली राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईलाई वधाई ज्ञापन गरिएको थियो । सो अवसरमा प्रशिक्षक हुमागाईले सहारा आफ्नो लागि संधै प्रेरणाको ठाउँ रहेको बताउँदै कुनै पनि समय यहाँ आएर प्रशिक्षण दिन पाउनु आफ्ना लागि गौरवको अनुभुती हुने बताए । उनले भने–“सहारा मेरो जिवनका लागि संधै प्रेरणा बनेर रहिरनेछ । यहाँहरुले मलाई कुनै पनि बेला बोलाएमा स्वयसेवी रुपमा प्रशिक्षण दिन आउनेछु ।”
सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज)को अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
