राष्ट्रिय खेलकुद : राष्ट्रपतिले समुद्घाटन गर्ने

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद–२०७९ कार्यक्रमको निमन्त्रणा पत्र राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार प्रदान गरेको हो । राष्ट्रपति भण्डारीलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले शितल निवासमा निमन्त्रणा पत्र प्रदान गरेका छन् ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य दीपेन्द्र विष्ट सहभागि थिए । त्यस अवसरमा राष्ट्रपति भण्डारीलाई राष्ट्रिय खेलकुदका विषयमा हालसम्म भएका कार्य प्रगतिका बारे पनि जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close