राष्ट्रिय खेलकुद प्रतियोगिता : एनआरएनएको क्रिकेट टोलीको घोषणा

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि एनआरएनए स्पोर्टस् एकेडेमीले आफ्नो १४ सदश्यीय क्रिकेट टोलीको घोषणा गरेको छ ।

घोषित टोलीको कप्तानमा नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी एवं अष्ट्रेलियाको एडिलेड विश्वबिद्यालय क्रिकेट क्लबका खेलाडी सुनाम गौतम रहेका छन् । यस्तै पूर्व यु १९ नेपाली टिमका कप्तान, पूर्व राष्ट्रिय खेलाडी तथा अल स्टार्स क्रिकेट टीम अमेरिकाका खेलाडी पृथु बास्कोटा उपकप्तान रहेका छन् । यसै गरि टोलीको ब्यवस्थापकमा स्यंभुराज डङ्गोल, संयोजकमा किरण राणा, प्रशिक्षकमा मनोज गुरुङ (युके) र सहायक प्रशिक्षकमा ज्योति भण्डारी रहेका छन् ।

यस्तै अन्य सदस्यमा नविन प्रधान (न्यूजिल्याण्ड), दिवस गिरी (युके लण्डन), दिनेश खरेल (न्यूजिल्याण्ड), रसिम कँडेल (अष्ट्रेलिया), सन्दिप अधिकारी (अष्ट्रेलिया), बासु गिरी (अष्ट्रेलिया), सुनिल श्रेष्ठ (युके लण्डन), दिपेन श्रेष्ठ (युएसए), दीपक क्षेत्री (अष्ट्रेलिया), आशिष पोखरेल (अष्ट्रेलिया), गम बहादुर गुरुङ्ग (युके लण्डन) र सागर पुन (युएसए) रहेका छन् ।

नवौ राष्ट्रिय खेलकुद अन्तरगतको पुरुष क्रिकेट भाद्र २२ गते देखि काठमाण्डौमानै आयोजना हुने भएको छ ।

एनआरएनएले अघिल्लो संस्करणको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पहिलो पटक केहि खेल मार्फत सहभागिता जनाएको थियो । टिमगेममा यो नै पहिलो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close