नेपाल भलिबल संघको अध्यक्षमा ‘चन्द’ द्वारा उम्मेदवारी घोषणा

पोखरा स्पोर्टस । नेपाल भलिबल संघको नयाँ कार्यसमितिका लागि नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष मनोरञ्जन शर्मा, भलिबल संघका विगतका नेतृत्व, आफ्नो समयका चर्चित एवं सम्मानित पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु, विभिन्न भलिबल क्लबका तथा जिल्ला प्रतिनिधिहरु, खेलाडीहरु तथा पदाधिकारीहरुका विच चन्दले अध्यक्ष पदको उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

संघको चुनावी साधारण सभामा नयाँ नेतृत्वका लागि नेपाल भलिबल संघको निर्वाचन यहि भाद्र २२ गते हुने भएको छ ।

चन्दले आफु भलिबलको खेलाडी रहेको र भलिबलको जिम्मेवारी वहन गर्ने क्रममा महासचिवको पदमा रहेर भलिबलको विकासमा योगदान पु¥याउने क्रममा हिजोका दिनका कतिपय कार्ययोजना सम्पन्न भएका र कतिपय कार्ययोजना सम्पन्न हुन बाँकी रहेको भन्दै उक्त बाँकी कार्ययोजनालाई पूर्णरुपमा कार्यान्वयन गर्नकालागि अध्यक्ष पदमा उम्मेदवारी दिने निधो गरेको बताए ।

यस्तै संघका सदस्य रोशन श्रेष्ठले महासचिवमा उम्मेदवारीको घोषणा गर्दै चन्दको नयाँ कार्यसमितिमा रहेर काम गर्ने आफ्नो मनोकांक्षा रहेको उनले उल्लेख गरे ।

आफ्नो समयमा चर्चित तथा सम्मानित अन्तर्राष्ट्रिय खेलाडीहरु पूर्व सशस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राई, रमेश खरेल, पूर्व पदाधिकारी तथा अन्यले खाली बोल्ने मात्र नभई बोलेका कुरालाई कार्यान्वयनमा ल्याउनुपर्नेमा खवरदारी गर्दै चन्दको नेतृत्व भलिबलका लागि आवश्यक रहेको बताउँदै शुभकामना प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close