
पोखरा स्पोर्टस । आगामी नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि बक्सिङ तर्फको छनोट प्रतियोगिता सम्मन्न भएको छ । शनिबार सम्पन्न भएको अन्तिम छनौट खेलमा विभिन्न तौल समुहमा महिला तथा पुरुष खेलाडी छनौट भएका हुन् ।
जस अन्तर्गत पुरुष तर्फ ४८ केजी तौल समुहमा दर्शन गुरुङ(कास्की), ५१ तौल समुहमा विपिन गुरुङ (तनहुँ), ५४ केजी तौल समुहमा उपाश गुरुङ (नवलपुर), ५७ मा बुद्ध गुरुङ (गोरखा),६० मा निश्चल गुरुङ (नवलपुर), ६३.५ केजी समुहमा सागर परियार (कास्की ), ६७ मा सफल घर्तिमगर(नवलपुर), ७१ निशान गुरुङ (नवलपुर), ८६ मा किरण बिक (नवलपुर) र ९२ केजिमा ठुरा गुरुङ (कास्की) विजयी भएका छन् ।
त्यसै गरि महिला तर्फ ५० केजी तौल समुहमा सोनिया बरुवाल (कास्की ), ५२ मा मोनिका राना (कास्की), ५४ मा एलिना गर्बुजा (म्यादी ) र ५४ तौल समुहमा रमिशा श्रेष्ठ (कास्की ) छनौट भएका छन् । प्रदेश स्तरमा छनौट भएको उक्त खेलाडीहरुले आगामी नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
