ठेलो प्रतियोगितामा सुनार भए प्रथम

पोखरा स्पोर्टस । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुडिखेलमा जारी ऐतिहासिक तीज मेला २०७९ अन्र्तगत बुधबार सम्पन्न ठेलो प्रतियोगितामा किरण सुनार प्रथम भएका छन् ।

नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा जारी मेलाको छैटौ दिनमा गरिएको प्रतियोगितामा सहभागी अन्य १४ जना प्रतिस्पर्धीहरुलाई पछि सुनार प्रथम हुन सफल भएका हुन ।

लोप हुदै गएको परम्परागत खेल ठेलोको संरक्षण एंव प्रचार गर्ने उदेश्य सहित आयोजना गरिएको प्रतियोगितामा प्रथम भएका सुनारले १२ किलोको ठेलो ४१.६ फिट पर फाल्दै अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्न सफल भएका थिए । ठेलो ४०.३ फिट पर फाल्दै रोहित सुनार दोस्रो हुन सफल भएका थिए भने ठेलो ३७.१० फिट पर फाल्दै राजेश गुरुङ तेस्रो भएका प्रतियोगिताका संयोजक रुद्र लुईटेलले जानकारी दिए ।

विजेताहरु प्रथम, दोस्रो र तेस्रोले क्रमश १२ हजार एक रुपैया, सात हजार एक रुपैया र पाँच हजार एक रुपैया पुरस्कार पाउनेछन् । संयोजक लुईटेलका अनुसार विजेताहरुलाई दिईने पुरस्कार शुक्रबार हुने मेला समापन समारोहमा वितरण गरिने भएको छ ।

यस अघि प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिलका वडा नम्वर १ का वडा सदस्य रामजी पौडेल र आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारील ठेलो हान्दै गरेका थिए ।

मेलाको समय एक दिन थप

१० भदौदेखि सुरु ऐतिहासिक तीज मेलाको समय एक दिन थप गरिएको छ । १६ गतेसम्म संचालन हुने भनिएको मेलाको समय एक दिन थप गरिएको हो । मेला अवलोकनका लागि आउने दर्शकहरुको आग्रहका कारण समय एक दिन थप गरिएको आयोजक केन्द्रका अध्यक्ष अधिकारीले जानकारी दिए ।

मेलामा आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुल्ला तीज गृहिणी नृत्य प्रतियोगिता, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय छेलो लगायतका विभिन्न प्रतियोगिताहरु आयोजना गरिएका छन । मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा लगायतका विभिन्न स्टलहरु सगै रेष्टुरेन्ट र वाल उद्यान समेत रहेको छ । यस्का साथै मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ ।

मेलामा बुधबार चर्चित र्यापर आशिष राना अर्थात लाउरेले आफनो प्रस्तुती दिएका थिए । लाउरेले आफना आधादर्जन चर्चित गित मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए । बिहिबार राजु परियार, सन्तोष वस्याल, शिवहरी ढुङाना, जुना शिरिष मगर लगायतका कालाकारहरुले आ आफनो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close