ह्याण्डबलका प्रमुख प्रशिक्षक दाहाल राखेपको निर्देशकमा

पोखरा स्पोर्टस । नेपाल ह्याण्डबल संघका प्रमुख प्रशिक्षक हिमाल दाहाल राष्ट्रिय खेलकुद परिषद (राखेप)का निर्देशकमा बढुवा भएका छन् ।

यस अघि अर्जुन बहादुर विक ६० वर्षे उमेर हदका कारण अवकाश पाए संगै दाहाल निर्देशकमा वढुवा भएका हुन् । बढुवा भए संगै उनले तालिम तथा प्रशिक्षण विभागको जिम्मेवारी समेत पाएका छन् । राखेपमा २०४२ सालमा ह्याण्डबलको सहायक प्रशिक्षकबाट जागिरे जिवन सुरु गरेका दाहाल पाँच वर्ष अघि नेपाल ह्याण्डबल संघको सिफारिसमा प्रमुख प्रशिक्षक नियुक्त भएका थिए ।

मुख्य प्रशिक्षक भए संगै राखेप त्रिपुरेश्वर कार्यालयमा आए संगै उनको कार्य क्षमताका आधारमा चार वर्ष अघि उपनिर्देशकमा वढुवा भएका थिए । राखेपको तालिम तथा प्रशिक्षण विभागमा कार्यरत दाहालले निर्देशकको हैसियतले उनको काँधमा यतिबेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नुपर्ने जिम्मेवारी समेत रहेको छ ।

पोखरा स्पोर्टस संग कुरा गर्दै दाहालले नवौंको तयारीमा जुट्न आग्रह गर्दै एक साता पछि खेलस्थलको टुङ्गो समेत लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close