भलिबलका पूर्व राष्ट्रिय खेलाडी लम्साललाई सम्मान गरिने

पोखरा स्पोर्टस । भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक लेखनाथ लम्साल पोखरामा सम्मानित हुने भएका छन् ।

पोखराको बाटुलेचौरमा रहेको हिमालय क्लबले आयोजना गर्ने ऐतिहासिक बाटुलेचौर तिज मेलाको अवसरमा लम्साल सहित विभिन्न सर्जक तथा सहयोगीलाई सम्मान गरिने क्लबका सचिव शिवराज देवकोटाले जानकारी दिएका हुन् ।

यही भाद्र १४ गते मेलाको उद्घाटनका दिन लम्साल सहित लोक दोहोरी गायिका टिका सानु, अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीले सम्मान गर्ने छन् ।

तिजको परम्परागत हम्काईलो भाका समेत प्रस्तुत गरिने मेलामा छेलो, रस्साकस्सी, म्युजिकल चियर प्रतियोगिता सहित समुहगत तिज गित तथा नृत्य प्रस्तुती रहने क्लबले जनाएको छ।

मेलालाई भव्य र व्यवस्थित बनाउन तयारी तीव्र पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close