पोखरा म्याराथन सहित तिन वटै सिटी म्याराथनको रुट मापन हुँदै

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने पोखरा म्याराथनसहित देशका तिन वटै सिटी म्याराथनको अवधारणामा सञ्चालन भई रहेका म्याराथनहरुको रुट मापन प्रक्रिया अघि बढेको छ ।

यसै क्रममा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार पोखरा म्याराथनको रुट मापन प्रक्रिया शुक्रबार हुने भएको हो । रुट मापनका लागि एशोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेनस रनिङ (एम्स)का आधिकारीक कोर्ष मेजरर नेपाल आएका छन् । त्यसै गरी काठमाण्डौ म्याराथनको रुट मापन प्रक्रिया बुधबार सकिएको छ भने नेपालगञ्ज म्याराथनको लगतै गर्ने योजना रहेको नेपाल ओलम्पिक कमिटिका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठले जनाएका छन् । उनी काठमाण्डौ म्याराथनका संस्थापक समेत हुन् ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार म्याराथनको रुट ४२.१९५ किमि हुनुपर्ने भएकोले पनि एशोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेनस रनिङ (एम्स)का आधिकारीक कोर्ष मेजरर अमिर शान्डिवान नेपाल आएको एनओसीका महासचिव श्रेष्ठले जनाएका छन् । उनले भने–“एम्सका आधिकारिक प्रतिनिधी आएर मापन गरे पश्चात रुटबारे लामो समय देखि देखिएको विवाद अन्त्य हुनेछ ।” एम्सले तिनवटै शहरको रुट मापन पश्चात आधिकारिक प्रमाणपत्र (एम्स सर्टिफाइड रुट) समेत प्रदान गर्ने एनओसीका महासचिव श्रेष्ठले जनाए ।

नेपालमा सिटी म्याराथनको अवधारणामा वर्षमा तिन वटा मुख्य म्याराथन सञ्चालन भइरहेका छन् । ति मध्ये पोखरा म्याराथन नेपालकै जेठो म्याराथन हो । पोखरा म्याराथन १७ औं संस्करणको तयारीमा छ भने काठमाडौं म्याराथन १४ औं संस्करण र नेपालगञ्ज म्याराथन आठौं संस्करणको तयारीमा छ । सिटी म्याराथनमा पुरस्कारको आकर्षण संगै विदेशी धावकहरु समेत नेपालमा आउने क्रम बढेपछि रुट मापनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनु पर्ने दवाव आयोजकलाई बढ्दै गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close