सफ्ट टेनिसको प्रशिक्षणलाई सामाग्री प्रदान

पोखरा स्पोर्टस । नेपाल सफ्ट टेनिस संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई लक्षित गरी ५ प्रदेश र २ विभागीय टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा एपीएफ क्लब र नेपाल प्रहरी क्लबलाई खेल सामाग्री प्रदान गरिएको हो । विश्व सफ्ट टेनिस महासंघका अध्यक्ष समेत रहेका नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहले एक कार्यक्रमबीच खेल सामाग्री हस्तान्तरण गरे ।

सोही अवसरमा पूर्व सफ्ट टेनिस खेलाडी एवं आईएसटीएफका निर्देशक अशोक सिंहलाई एसएसपीबाट डिआईजीमा बढुवा भएकोमा सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close