आयशा ‘लेभल टु’ पारा तेक्वान्दो प्रशिक्षक

पोखरा स्पोर्टस । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)की दोहोरो स्वर्ण विजेता आयशा शाक्यले पारा तेक्वान्दो लेभल टु प्रशिक्षक कोर्स उत्तीर्ण गरेकी छन् ।

विश्व पारा तेक्वान्दोले अगष्ट १४ देखि १६ तारिखसम्म आयोजना गरेको १८ औं विश्व पारा तेक्वान्दो कोच सर्टिफिकेसन अनलाइन कोर्स लेभल टु उत्तीर्ण गरेकी हुन् । यसअघि आयशाले सन् २०२० को अक्टोबरमा लेभल वान कोर्स उत्तीर्ण गरेकी थिइन् ।

आयशाले आफ्नो ध्यान पारा तेक्वान्दो खेलाडी उत्पादनमा केन्द्रीत गर्ने बताउँदै अवसर दिएकोमा नेपाल तेक्वान्दो संघलाई धन्यवाद दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close