गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक बढ्दै

पोखरा स्पोर्टस । आगामी असोज २८ गतेबाट कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक गण्डकी प्रदेशका जिल्लाहरुमा देखिन थालेको छ ।

प्रदेशका अधिकांश जिल्ला आफनो जिल्लामा खेल सञ्चालन गर्ने जिम्मेवारी लिन आतुर रहेको पाइएको छ । प्रतियोगिताको तयारी स्वरुप शनिबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोली गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ र पर्वत जिल्लामा पुग्दा यस्तो देखिएको हो ।

टोलीले ती जिल्लामा पुगेर त्त तत् जिल्लाको जिल्ला खेलकुद विकास समितिको नेतृत्व, स्थानीय निकायका जनप्रतिनिधि, खेलाडी, खेल प्रशिक्षकसँग छलफल गरेको छ । छलफलका क्रममा ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको खेलकुद प्रतियोगिता सफल पार्न सघाउने प्रतिबद्धता गरेका छन् । प्रतियोगिता अन्र्तगतका कुनै पनि खेल खेलाउने जिम्मेवारी प्राप्त गरेमा सम्पन्न गर्न आफूहरु तयार रहेको उनीहरुको भनाई थियो । छलफल तथा खेलमैदान निरिक्षणका क्रममा आफ्नो जिल्लाको अवस्थाको आधारमा दिइने खेल आयोजनाको जिम्मा लिन तयार रहेको बताए ।

म्याग्दी जिल्लाको बेनीमा आयोजित छलफल कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरज कुमार केसीले प्रतियोगिताको तयारी सुरु भैसकेको बताए । गण्डकी प्रदेशका भलिवल, तेक्वान्दो लगायतका विभिन्न खेलमा म्याग्दीबाट नेतृत्व सहितको प्रतिनिधित्व हुने गरेको भन्दै उनले प्राविधिक टिमले पुर्वाधार पुगेन भनेर समय दियो भने बनाउन तयार रहेको समेत बताए । प्रतियोगिताको लागि केही बजेट छुट्ट्याइसकेको उनले खुलाए ।

‘गण्डकी प्रदेशमा नवौं प्रतियोगिता आयोजना हुँदा कुनै पनि खेल म्याग्दीमा पुगेन भने दुर्भाग्य हुने भएकोले हाम्रो जिल्लामा खेल आउनुपर्छ भन्ने हाम्रो दावी हो’ मेयर केसीले भने । प्रतियोगिता सञ्चालन गर्ने जिम्मा आयो भने गण्डकी प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा राम्रो आफ्नो जिल्लामा हुने ठोकुवा समेत उनले गरे ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दीनेश केसीले सम्भव भएमा महिला भलिवल, पुरुष भलिवल र तेक्वान्दोका खेल सञ्चालन गर्ने जिम्मेवारी दिन आग्रह गरें । बेनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रमेश कुमार श्रेष्ठले सबैको सहकार्यमा प्रतियोगीतालाई सम्पन्न गरिने बताए । जिल्लामा पुग्ने खेलाडी, प्रशिक्षक तथा अतिथिको आतिथ्यतामा कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता थियो । जिल्लामा रहेका पर्यटकिय ठाउँको अवलोकनको व्यवस्था मिलाउने उनले सुनाए । तेक्वान्दोका सहायक प्रशिक्षक कर्ण प्रधानले तेक्वान्दोको लागि इन्डोर समस्या नभएको बताए । खेल खेलाउन र प्रशिक्षण गराउनको लागि पर्याप्त ठाउँ भएको उनको भनाई थियो ।

यसैगरी बाग्लुङमा आयोजित छलफल कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बाग्लुङका अध्यक्ष कुमार खड्काले आफुहरुलाई खेल सञ्चालन गर्ने जिम्मेवारी दिएमा कुशलतापूर्वक सम्पन्न गर्ने बताए । बाग्लुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले पनि प्रतियोगीताका खेल आफ्नो जिल्लामा सञ्चालन गर्ने अवसर आएमा सहयोग गर्न तयार रहेको सुनाए ।

जिल्ला खेलकुद विकास समिति बाग्लुङका सचिव तारा शर्माले बाग्लुङ जिल्लाले सुटिङ खेल सञ्चालन गर्ने जिम्मेवारी प्राप्त गर्न सके सजिलो हुने बताइन् । अन्य कुनैपनि खेल सञ्चालन गर्ने जिम्मेवारी प्राप्त भए त्यसलाई स्विकार गरेर सम्पन्न गरिने उनको भनाई थियो । कोषाध्यक्ष कल्पना श्रेष्ठले छिटो भन्दा छिटो जिम्मेवारी सम्बन्धी निर्णय भएमा तयारीलाई तिव्रता दिन सजिलो हुने सुनाइन् । समयमानै जिम्मेवारी पाउन सके प्रतियोगिता भव्य बनाउन सजिलो हुने अन्य सहभागीको भनाई थियो ।

यसैगरी पर्वतमा आयोजित छलफल कार्यक्रममा जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले प्रतियोगिता अन्र्तगतका खेलहरु सञ्चालन गर्न आफूहरु तयार रहेको बताए । पर्वतको लागि महिला भलिवल, पुरुष भलिवल वा तेक्वान्दो खेलको जिम्मेवारी पाउन सके राम्रो हुने उनको भनाई थियो । कुश्मा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष इश्वर गिरीले प्रतियोगितालाई सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

तीनै ठाउँको छलफल तथा खेल मैदान निरिक्षण कार्यक्रममा बोल्दै खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङले आफ्नो जिल्लामा प्रतियोगिता सञ्चालन गर्ने इच्छा प्रकट गरेकोमा आभार व्यक्त गरें । जिल्लाको आकांक्षाको बारेमा मुल आयोजक समितिमा आफूले कुरा पु¥याउने र निर्णय गराउने प्रतिवद्धता उनको थियो । सबै जिल्लामा तयारीलाई तिव्रता पार्न उनले आग्रह गरे । ‘खेलाडी तथा प्रशिक्षकको बसोबास, खेल मैदान, इन्डोर हल, आवातजावात लगायतको लागि गुनासो नआउने गरि तयारी गर्नुहोस्’ उनले भने ।

खेल सञ्चालन तथा प्राटिक्स गर्ने सम्भावित ठाउँहरुको बारेमा विवरण संकलन गरि फोटो तथा भिडियो मार्फत पठाउन समेत सदस्य गुरुङले निर्देशन दिए । समय धेरै नभएकोले काममा ध्यान दिदै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । ‘भौतिक, नैतिक तथा आर्थिक रुपमा तयार भएर बस्नुहोस्’ उनले थपे । कास्की भन्दा बाहिरका जिल्लामा देखिएको रौनकता र खेल सञ्चालन गर्ने इच्छाले आफूलाई उत्साहित बनाएको उनको प्रतिक्रिया थियो ।

राखेप सदस्य गुरुङ नेतृत्वको टोलीमा जिल्ला खेलकुद विकास समिति सदस्य मनिषा गुभाजु, जिल्ला क्रिकेट संघ कास्कीका सह–सचिव विजय रावत, क्रिकेट कोच त्रृmषिकेश शर्मा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेल रहेका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ इभेन्टमा पदकको लागि प्रतिष्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close