
पोखरा स्पोर्टस । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति अन्तर्गत कार्यरत कर्मचारीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीले स्वागत गरेको छ ।
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी लगायतका लागि परिषदले उनीहरुलाई स्वागत गरेको हो । सो अवसरमा आफ्ना भनाई राख्दै क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण योगीले नवौं राष्ट्रिय खेलकुदको सफलताका लागि प्रदेश खेलकुद संग मिलेर काम गर्ने विषयमा कुनै द्विविधा नभएको बताउँदै आफूहरुले लामो खेलक्षेत्रमा जिवन विताई रहँदा नवौं जस्ता महत्वपूर्ण कार्यक्रम सफल बनाउने दायित्वमा सामुहिक रुपमा अघि बढ्ने बताए ।
सो अवसरमा जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले यहाँको खेलकुद विकासका लागि अग्रज हरुले देखाएको मार्ग आफूहरु अघि बढेको बताउँदै नवौं राष्ट्रिय खेलकुद सफल बनाउन आफ्नो भूमिकामा कहिं कतै कमि हुन नदिने प्रतिवद्धता जनाए । क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपालीले वर्तमान अवस्थामा मात्रै नभई परिषदले आयोजना गरेका कार्यक्रमहरु सफल बनाउन सदैव सहकार्य गरिरहेको स्मरण गर्दै वदलिंदो अवस्थामा समेत त्यो भूमिकालाई अझै सवल बनाउने तर्फ आफूहरुले ध्यान दिने बताए ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले कर्मचारीहरुलाई स्वागत गरेको कार्यक्रममा कार्यकारी सदस्य दिल बहादुर गुरुङले सामुहिक रुपमा क्षेत्रिय खेलकुदका कर्मचारीहरुले जनाएको प्रतिवद्धताका लागि परिषद निकै उत्साहित भएको बताए । उनले नवौं लगायत आगामी दिनमा खेलाडी र खेलकुद विकासका लागि हुने कार्यक्रमहरु सफल बनाउन सवैको साथ र सहयोगलाई निरन्तरता दिनु पर्ने कुरा औंल्याए ।
कार्यक्रममा क्षेत्रिय खेलकुदमा कार्यरत प्रशासनिकतर्फ र प्राविधिक तर्फका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
