नेत्रहिन क्रिकेट संघको अध्यक्षमा घिमिरे र महासचिवमा बराल निर्वाचित

पोखरा स्पोर्टस । नेत्रहिन क्रिकेट संघ नेपालको अध्यक्षमा पवन घिमिरे र महासचिवमा अमृत बराल निर्वाचित भएका छन् ।

संघको बिहिबार सम्पन्न सत्रौं साधारण सभा एबम छौठौ अधिबेशनले ११ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित महासचिव बराल प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य समेत हुन् । त्यसै गरी संघको उपाध्यक्षमा गिता पौडेल, कोषाध्यक्षमा उपेन्द्र श्रेष्ठ र सचिबमा निलकण्ठ तिमिल्सेना निर्वाचित भएको संघले जनाएको छ ।

त्यसै गरी दृष्टिबिहिन महिला क्रिकेट खेललाई थप उचाईमा पुर्‍याउन समिक्षा ज्ञवालीको सयोजकत्वमा ५ सदस्य महिला समिति समेत गठन गरेको छ । आगामी तिन वर्षका गठित महिला समितिको सदस्यमा मुना अर्याल, भगवती अमगाई, शुसिला चौधरी र सरिता घिमिरे रहेका छन् ।

अधिवेशनले निति तथा भाबि कार्यक्रम पारित समेत गरेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close