खेलकुद पत्रकार मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेलपत्रकारलाई समस्या पर्दा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गर्ने भएको छ ।

मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले आफ्नो जन्मदिनको अवसर पारेर यसको सुरुवात गरेंको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन् । अध्यक्ष बरालले जन्मदिनको दिनमा आफ्ना बाबु स्व.टेकनाथ बरालको नामबाट दश हजार रुपैयाँ मञ्चको अक्षयकोषमा अपर्ण गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष बरालले आफ्नो कार्यकालमा अक्षयकोषमा १० लाख पु¥याउने घोषणा गरेको महासचिव पौडेलल बताए ।

अक्षकोषको लागि प्रदान गरिएको चेक अध्यक्ष बरालले मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशि कुमार पौडेललाई हस्तान्तरण गरेका थिए । जन्मदिनको अवसरमा पवित्र कार्यको सुरुवात गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो कार्यकालमा १० लाख बराबरको अक्षयकोष पु¥याएरै छाड्ने अठोट समेत बरालले गरे ।

अक्षयकोष घोषणा तथा चेक हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, कोषाध्यक्ष एवं प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण प्रसाद दवाडी लगायतका पत्रकारको सहभागिता रहेको थियो ।

अक्षयकोषबाट प्राप्त व्याजले खेल क्षेत्रमा कलम चलाईरहेका पत्रकारलाई अप्ठ्यारो पर्दा सहयोग गर्दै अभिभावकत्व प्रदान गर्ने पवित्र उद्धेश्य बोकेका हुनाले अक्षयकोषको लागि रकम सहयोग गर्न मञ्चले सबै खेलप्रेमीमा समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close