मिडिया सेन्टर सञ्चालनको जिम्मा मञ्चलाई

पोखरा स्पोर्टस । पोखरा रंगशाला भित्र रहेको मिडिया सेन्टर नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको छ ।

शुक्रबार उक्त मिडिया सेन्टर संचालन तथा व्यवस्थापनको लागि नेपाल खेलकुद पत्रकार मंच गण्डकीलाई हस्तान्तरण गरिएको हो । मिडिया सेन्टर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष केशव पाठकले मञ्च अध्यक्ष दीननाथ बराललाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको रोहबरमा मिडिया सेन्टर हस्तान्तरण गरेका हुन् । यस प्रकारको सुविधा सम्पन्न मिडिया सेन्टर नेपालकै पहिलो समेत हो । उक्त मिडिय सेन्टर ५ वर्ष अघि स्थापना भएको हो ।

मिडिया सेन्टरको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी ग्रहण गर्दै मञ्चका अध्यक्ष बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित हुने गरी हस्तान्तरण भएको उक्त मिडिया सेन्टरका कम्पुटर, ल्याप्टप सहितका जिन्सि सामाग्रिको उचित संरक्षण गर्ने बताए । मञ्चलाई मिडिया सेन्टर हस्तान्तरण गर्न सहयोग पुराउने मञ्चका संस्थापक अध्यक्ष समेत रहेका मिडिया सेन्टर व्यबस्थापन समितिका अध्यक्ष पाठकप्रति आभार व्यक्त गरे ।

मिडिया सेन्टरमा रहेका जिन्सि सामाग्रि चुस्त दुरुस्त बनाउदै पोखरा रंगशालामा कुनै पनि जिल्ला तथा प्रदेश, राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगिता हुँदा मिडिया सेन्टरको कार्यालय खुल्ला रहने मञ्चले जनाएको छ । उक्त मिडिया सेन्टरमा ११ थान डेल ब्राण्डको कम्प्युटर, २ थान ल्यापटप, स्टिल दराज एक थान, १२ थान कम्पुटर टेवल, २ थान कार्यालय टेवल, एक सेट साउण्ड सिस्टम, प्रिन्टर मेसिन दुई थान, ७५ इन्चको एक थान टिभि, एक थान प्रोजेक्टर, ५२ थान कुर्ची, कफी मेकर लगायत अन्य संचार सामाग्रि रहेका छन् ।

सो अवसरमा क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख योगी, कार्यालयका नायब सुब्बा डिबी नेपाली, इन्जिनियर अनिल अधिकारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशि कुमार पौडेल, मञ्चका पूर्व सल्लाहकार सुर्दशन रन्जित, राजु गिरी, नारायण शाही, दीपक मुल्मी लगायतको सहभागिता रहेको थियो ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close