राष्ट्रको इज्जत जोगाएको खेल प्याराग्लाइडिङ पोखराबाट विस्थापनको त्रासमा

पोखरा स्पोर्टस । इन्डोनेशियामा १८ औं एसियाली खेलकुदको महाकुम्भ जारी थियो । ठिक चार वर्ष अघि तर नेपाल पदह विहिन अवस्थामा रित्तो हात फर्किने उत्तिकै चिन्ता पनि थियो । तर सोच्दै नसोचेको खेलबाट नेपालले रजत पदक जित्यो । एसियाली खेलकुदमा लामो समय पछि यो दोश्रो पदक थियो ।

एसियाली खेलकुदमा गएको नेपालको जम्वो पदाधिकारी टोलीलाई रित्तो हात फर्किनु पर्ने चिन्ताले निद्रा समेत हराएको थियो । तर उनीहरुलाई सपना जस्तै भयो जब प्याराग्लाइडिङले रजत पदक जित्यो । एसियन गेम्स भिलेजबाट हुत्तिएर प्याराग्लाइडिङ अयोजना भएको स्थल १०० किलोमिटर भन्दा टाढा खेलाडीलाई भेट्न पुगे बधाई दिन । त्यो दिन सिङो नेपालीको मुहारमा खुसी छाएको दिन मात्रै थिएन एसियाली खेलकुदमा गएका जम्वो टोलीलाई राम्रो संग निद्रा लागेको दिन पनि थियो ।

पोखराको प्याराग्लाइडिङ पोखरेलीको मात्र होइन यो सिङ्गो राज्यको सम्पती पनि हो । अव पोखरेलीहरु नै क्यान विरुद्ध नउभिने हो भने प्याराग्लाइडिङ सदाका लागि पोखराबाट बाहिरिने मात्रै छैन यसले पोखरामा बढाएको सान समेत मेटिने छ । विस्थापन विरुद्ध पोखरेलीहरु यथासिघ्र अभियानमा जुट्न आवश्यक भइसकेको छ । जसरी एक दशक अघि पोखरेलीहरुले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका लागि अभियान चलाएर निदाएको सत्तालाई व्यूझाँए, ठिक त्यसै गरी पोखराको प्याराग्लाइडिङ जोगाउन अभियानको खाँचो छ । 

पोखरामा २२ वर्ष देखि सञ्चालनमा रहेको प्याराग्लाइडिङ खेलका कारण यहाँ खेलाडी मात्रै उत्पादन भएका छैनन् यसका पछाडी राज्यले प्राप्त गर्ने राजश्व, तिन हजार भन्दा वढि परिवारको पालन पोषण धान्दै आएको छ । करिव ४ सयको हाराहारीमा रहेका यूवा पाइलटहरु, यो संग जोडिएको ६० भन्दा वढि व्यवसायिक कम्पनीहरु, प्याराग्लाइडिङ ट्रेनिङ सेन्टरहरु, त्यसमा रोजगार प्राप्त कर्मचारीहरु, डेढ अर्व भन्दा वढिको लगानीको भविष्य यति बेला पोखराको प्याराग्लाइडिङले खोजीरहेको छ ।

पोखरालाई सिङ्गो नेपालको दिगो पर्यटनको नारा र सहासिक खेलकुद गन्तव्यको रुपमा पहिचान दिलाएको प्याराग्लाइडिङ नेपाली खेलकुदको महत्वपूर्ण जग समेत हो । नेपाली खेलकुदको नेतृत्व गर्ने यूवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी मात्रै होइन दिगो पर्यटनको नारा घोक्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय पनि उत्तिकै जिम्मेवार हुन आवश्यक छ ।

पोखरामा सञ्चालनमा आउन लागेको क्षेत्रियस्तरको विमानस्थलका कारण विस्थापन हुने तयारीमा रहेको पोखराको प्याराग्लाइडिङ अवसानको अन्तिम विन्दुमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । उसले भनेको छ–“विमानस्थल सञ्चालनमा आउने वित्तिकै पोखरामा प्याराग्लाइडिङ सम्भव छैन ।” प्याराग्लाइडिङ–प्याराग्लाइडिङ मात्रै होइन यो पोखराको भविष्य संग गाँसिएको विषय समेत हो । यो राष्ट्रको गहना पनि हो । विश्वकै तिन उत्कृष्ट प्याराग्लाइडिङ उडान भर्ने ठाउँ मध्येको एक पोखरा । दिगो पर्यटन र सहासिक खेलकुदको विंडो थामेको प्याराग्लाइडिङ । राष्ट्रका लागि एसियाली खेलमा पदक ल्याएर इज्जत धानेको प्याराग्लाइडिङ ।

क्यानको एक चटके निर्णयले के विस्थापन सम्भव छ त पोखराको प्याराग्लाइडिङ ? विश्वमा कैयौं यस्ता उदाहरणहरु छन् जसले राष्ट्रको गरिमा र पहिचानका लागि राज्यले आफ्नो छुट्टै निति निर्धारण गर्छ । सहजता ल्याउँछ । यस्ता गहना र सम्पतिहरुहरुको संरक्षण तथा सम्वर्द्धन पनि गर्छ । तर क्यानले अरु केही देखेन । प्याराग्लाइडिङ कम्पनीहरुबाट नै लाखौं राजश्व उठाउने क्यान यति बेला प्याराग्लाइडिङ विस्थापन गर्ने रट लगाएर उभिएको छ । उसले दायाँ वायाँ विस्थापन गर्नुपर्ने औचित्यको पुष्ट्याँई भने अझै गर्न सकेको छैन ।

पोखराको प्याराग्लाइडिङ पोखरेलीको मात्र होइन यो सिङ्गो राज्यको सम्पती पनि हो । अव पोखरेलीहरु नै क्यान विरुद्ध नउभिने हो भने प्याराग्लाइडिङ सदाका लागि पोखराबाट बाहिरिने मात्रै छैन यसले पोखरामा बढाएको सान समेत मेटिने छ । विस्थापन विरुद्ध पोखरेलीहरु यथासिघ्र अभियानमा जुट्न आवश्यक भइसकेको छ । जसरी एक दशक अघि पोखरेलीहरुले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका लागि अभियान चलाएर निदाएको सत्तालाई व्यूझाँए, ठिक त्यसै गरी पोखराको प्याराग्लाइडिङ जोगाउन अभियानको खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close