गण्डकीका बादलले जिते एथलेटिक्समा रजत पदक

पोखरा स्पोर्टस । काठमाण्डौमा जारी १२ औं राष्ट्रपति रनिङ शिल्डमा गण्डकी प्रदेशले छात्र एथेटिक्समा रजत पदक जितेको छ ।

भर्खरै सम्पन्न ३००० मिटर दौडमा गण्डकी प्रदेशका बादल कार्कीले रजत पदक दिलाएका हुन् । उनले ९ मिनेट ४० सेकेण्डमा दौड पुरा गर्दै रजत पदक जितेको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

गण्डकी प्रदेशका लागि एथलेटिक्समा रजत पदक जित्ने बादल बागलुङ काठेखोला नगरपालिकाका हुन् । उनी श्री रेशा मन्थला माविमा कक्षा १० मा अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close