
पोखरा स्पोर्टस । काठमाण्डौमा जारी १२ औं राष्ट्रपति रनिङ शिल्डमा गण्डकी प्रदेश छात्रा भलिबल टिमले काश्य पदक जितेको छ ।
भर्खरै सम्पन्न तेश्रो स्थानका लागि भएको खेलमा कर्णालीलाई २–१ को सेटमा पराजित गर्दै काश्य पदक जितेको हो । पहिलो सेट २०–२५ ले गुमाएको गण्डकीले पछिल्ला दुई सेटमा खेलमा फर्किदैं काश्य पदक जितेको टिम म्यानेजर लेखनाथ लम्सालले जानकारी दिए ।
गण्डकीले दोश्रो सेट २५–१९ र तेश्रो सेट २५–२२ ले जितेको हो ।
आज हुने समापन समारोहमा छात्रतर्फको भलिबल खेलमा गण्डकी स्वर्ण पदकका लागि खेल्दै छ ।
