कब्बडी छात्रातर्फ गण्डकीलाई रजत

पोखरा स्पोर्टस । काठमाडौंमा जारी १२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा रजत पदक जितेको छ ।

राउण्ड रोविन लिगका आधारमा भएको कब्बडीमा चार खेल मध्ये तिन खेलमा बिजयी हुँदै रजत पदक जितेको हो । अंक तालिकामा दोस्रो हुँदै गण्डकीले रजत पदक प्राप्त गर्न सफल भएको छ । बुधबार सम्पन्न अन्तिम खेलमा गण्डकीले बागमतीलाई ३४–२९ ले पराजित गर्दै रजत पदक शुरक्षित गरेको हो ।

छात्रा कब्बडीमा गण्डकी कर्णाली संग ४८–३९ र लुम्बिनी विरुद्ध ४८–४२ को अंकले जितेको टिम प्रशिक्षक हरि जिसीले जनाएका छन् । छात्रा कव्वडीमा भने सुदुर पश्चिमले सम्पूर्ण चार खेल जित्दै स्वर्ण पदक जितेको छ । अंक तालिकामा दोस्रो हुँदै गण्डकीले रजत पदक प्राप्त गर्न सफल भएको छ ।

छात्र कव्वडीमा गण्डकीले तिन खेलमा दुई खेलमा हार व्यहोरेको छ भने एक खेलमा जित दर्ता गरेको छ । बुधबार भएको छात्रतर्फको खेलमा गण्डकीले बागमतीलाई ३९ का विरुद्ध ७८ अंकले जितेको हो । गण्डकीले अझै एक खेल कर्णाली प्रदेश सग खेल्ने भएको टीम म्यानेजर लेखनाथ लम्सालले बताए ।

१२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close