निर्धारित मितिमा नै नवौं राष्ट्रिय खेलकुद गर्ने तयारी, यस्ता छन् निर्णय

पोखरा स्पोर्टस । यूवा तथा खेलकुद मन्त्रालयले निर्धारित मितिमा नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थालेको छ ।

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै गर्ने गरी तयारी सुरु गरिने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बताएका हुन् । काठमाडौंमा शुक्रबार सम्पन्न प्रतियोगिता मुल आयोजक समितिको पहिलो बैठकमा मन्त्री गहतराजले तोकिएको मितिमै प्रतियोगिता संचालन हुने बताए ।

बैठकमा आफ्ना भनाई राख्दै मन्त्री गहतराजले कोभिडका कारण लामो समयदेखी रोकिएको प्रतियोगिता सञ्चालन गरेर खेलकुद क्षेत्रमा देखिएको नैराश्यता हटाउनुपर्ने उल्लेख गर्दै भब्य रुपमा प्रतियोगिता संचालन हुनेमा ढुक्क हुन आग्रह समेत गरे ।

“यो प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरी प्रतियोगिता संचालन गर्ने छौं । उपयुक्त मौसमलाई छनोट गरी दशैँ सकेर प्रतियोगिता संचालन हुने छ । त्यसले खेलाडीलाई झनै खुशी दिने छ” मन्त्री गहतराजले भने, “मौसम विज्ञसँग छलफल गरेर मिति तय गरेका छौं, निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुन्छ ।”

मन्त्री गहतराजले प्रतियोगिता आयोजनाकालागि पोखरामा भौतिक पुर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभाव हुने देखिए पनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको बताए ।

नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप मन्त्री गहतराजको अध्यक्षतामा मुल आयोजक समितिको पहिलो बैठक काठमाडौंमा बसेको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पेश गर्नु भएको विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो । सदस्य–सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदलाई ऐतिहासिक बनाउन सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको बताउदै राष्ट्रिय पर्वका रुपमा रहेको बृहत खेलकुदलाई सफल बनाउन सबै एकजुट हुनु पर्नेमा जोड दिए ।

यस्ता छन् नवौं राष्टिय प्रतियोगिताको तयारीका निर्णयहरु

१) प्रतियोगिता संचालनकालागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने ।

२) प्रतियोगिताकालागि १४ वटा उपसमिती गठन गर्ने ।

३) प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने ।

४) प्रतियोगितामा विभिन्न ३६ विधामा प्रतिष्पर्धा गराउने ।

५) नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखी लागु हुने गरी मुख्य ट्रफी बनाउने र उक्त ट्रफीलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने ।

६) लगातार तिन वटा प्रतियोगिता विजेतालाई ट्रफि प्रदान गरीने ।

७) प्रतियोगिताकालागि ६० करोड बजेट स्विकृत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close