पोखरा स्पोर्टस अवार्डलाई पोखरेली मञ्च युकेको सहयोग

पोखरा स्पोर्टस । यहि असार १८ गते हुने छैटौं पोखरा स्पोर्टस अवार्डलाई पोखरेली मञ्च युकेले सहयोग गर्ने भएको छ ।

पोखरेलीहरुको साझा संस्थाको रुपमा रहेको पोखरेली मञ्चले पोखरा स्पोर्टस अवार्डलाई नगद ५० हजार सहयोग गर्ने भएको हो । मञ्चका अध्यक्ष करम गुरुङ, मञ्चका सल्लाहकार तथा शिक्षा विद महेश गुरुङ लगायतले खेलकुद क्षेत्रमा प्रतिष्ठित अवार्डको रुपमा रहेको पोखरा स्पोर्टस अवार्डलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको समेत अन्तर्राष्ट्रिय पार्टनर संस्थाकोे रुपमा रहेको पोखरेली मञ्चले युकेमा खेलकुद लगायत अन्य सामाजिक अभियानका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ भने नेपालको विभिन्न ठाउँमा समेत सामाजिक अभियानका कृयाकलाप लाई अघि बढाएको छ ।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने महासचिव पौडेलको भनाई छ । कार्यक्रम सम्पन्न गर्न करिव ३० लाख खर्च हुने जनाइएको छ ।

अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, टाइगर गुप्र अफ पोखरा, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले सहयोग गरेका छन् ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोर्टस अवार्ड कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close