पोखरा सभागृहमा शनिबार बिनोदले झुमाउने, युवराजले हसाँउने

पोखरा स्पोर्टस् । गायक विनोद वानियाको प्रस्तुतीमा दर्शक रम्न पाउने भएका छन् । असार १८ गते शनिबार पोखरा सभागृहमा हुने पोखरा स्पोर्टस् अवार्ड २०७८ मा हुने सांगीतिक तथा सांस्कृतिक प्रस्तुतीमा गायक वानियाले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई झुमाउने छन् । उनका चर्चित गीत सुन्दै संगीतको मज्जा लिने मौका तहाँ मिल्नेछ ।

सोही कार्यक्रममा गायक सन्तोष बस्याल र गायिका प्राप्ति तुलाचनको सांगीतिक प्रस्तुती संगीतप्रेमीको लागि आर्कषण बन्ने कार्यक्रम आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

यसैगरी हाँस्यव्यङ्गतर्फ युवराज भण्डारीको प्रस्तुतीमा दर्शकले पेट मिचिमिचि हाँस्न पाउनेछन् । पोखरेली माग्ने बुढाको रुपमा समेत परिचय बनाएका भण्डारीले स्टान्डअप कमेडी मार्फत दर्शकलाई मनोरञ्जन दिने तयारी गरेका छन् ।

लोकदोहोरी प्रेमी दर्शकको लागि लाइभ दोहोरीमा रमाउने अवसर सिर्जना गरिनेछ । यसको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका कलाकारले माहोल गर्माउनेछन् । बिबोइङ प्रस्तुती मार्फत नयाँ पुस्ताका दर्शकको ध्यान खिच्न गण्डकी बिब्वाइजको टिमले प्रस्तुती राख्नेछ । गजलकार मन क्षेत्रीका चोपिला गजल सुन्दै मनलाई प्रफूल्लित पार्न मात्र हैन गण्डकी प्रज्ञा प्रतिष्ठानको राष्ट्रियता झल्कने तथा गण्डकी प्रदेशको भेषभुषा झल्कने नृत्य हेर्दै रमाउन पाइनेछ । सोही कार्यक्रममा डेमोस्ट्रेसन समेत हेर्न पाइनेछ । दिउँसो ३ बजे सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ ।

यो कार्यक्रमको मुख्य आर्कषण भने स्पोर्टस् अवार्ड हो । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने महासचिव पौडेलको भनाई छ ।

अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, टाइगर गुप्र अफ पोखरा, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले सहयोग गरेका छन् ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close