
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघका नवनिर्वाचित अध्यक्ष नविन गुरुङ सहित टिमलाई राष्टिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले बधाई दिएका छन् ।
पोखरा रंगशालामा आयोजित एक कार्यक्रममा राखेप सदस्य गुरुङले नवनिर्वाचित अध्यक्ष गुरुङ सहितलाई बधाई दिएका हुन् । सो अवसरमा गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङ, उपाध्यक्ष हरि कुमार श्रेष्ठ, कास्की जिल्ला भलिबल संघका नवनिर्वाचित अध्यक्ष विष्णु बहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा राखेप सदस्य गुरुङले गण्डकी प्रदेशको भलिबल खेललाई माथी उठाउन सक्षम नेतृत्व चयन भएको बताउँदै खुसी व्यक्त गरे । उनले प्रदेशको भलिबल विकासका लागि मिलेर काम गर्न सुझाउँदै आफ्नो पूर्ण सहयोग गर्ने जनाए ।
सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका लोखा प्रमुख डिवी नेपालीलगायतको सहभागिता रहेको थियो ।
गण्डकी प्रदेश भलिबल संघको चौथो अधिवेशन यहि असार १० गते सम्पन्न भएको थियो ।
