पोखरामा प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा स्पोर्टस । कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा गण्डकी प्रदेश सतरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले पोखरा रंगशाला स्थित ब्याडमिन्टन कभर्ड हलमा प्रतियोगिताको आयोजना गरिएको हो ।

चार विधामा संचालन गरिएको प्रतियोगिताको पहिलो दिन महिला तर्फको क्वाटरफाइनल खेलहरु सम्पन्न भएका छन् । महिला तर्फको एकल विधामा कास्कीकी अनु राना, दिलासा राना, आयुष्मा नेपाल र आकृति केसी सेमिफाइनलमा प्रवेश गरेकी छिन् । यस्तै डबल्स तर्फ कास्कीकी दिलिसा राना र यमकुमारी गुरुङको जोडी, कास्कीकै मेनुका गुरुङ र आयुष्मा नेपालको जोडी, आकृति केसी र अनुरानाको जोडी तथा कास्कीकी माया पुन र तनहुँकी रुवी श्रेष्ठको जोडि सेमिफाइनलमा प्रवेग गरेको छ ।

दुई दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य राजेश गुरुङले गरे । उनले नवौं लक्षित प्रतियोगिता हुनु निकै महत्वपुर्ण कुरा रहेको बताए । उनले १३ औं सागमा ब्याडमिन्टन हल बनाउन सफल भएको र आज प्रतियोगितामा प्रतियोगिता हुँदा खेलाडीको खेल कौशलमा समेत वृद्धि हुने बताए । खेलाडीले खेल खेल्न नपाउने अवस्थामा यसरी खेल हुदाँ खेलाडीको खेल प्रदर्सनीमा समेत ठुलो प्रभाव पर्ने बताउँदै उनले अब चाडैनै मदनभण्डारी स्पोट्र्स एकेडेमीले समेत ब्याडमिन्टन प्रतियोगिताको आयोजना गने प्रतिबद्धता ब्यक्त गरे ।

सोहि क्रममा बोल्दै खेल संयोजक अमृत पोख्रेलले प्रतियोगिताले खेलाडीको खेलस्तर वृद्धि गर्न मद्धत पुग्नेमा आशावादी रहेको बताए ।

प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र डबल तर्फ प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताको पुरुष एकल तर्फ प्रथम हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रोले समान १०÷१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष डबल तर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ सहित उनीहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै महिला एकल तर्फ प्रथम हुनेले १५ हजार रुपैयाँ, दोसो र तेस्रोले समान १०÷१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला डबल्सको प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ तथा तेस्रो हुनेले १० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता गर्न करिब ४ लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close