
पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा)को नव निर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङ सहित कार्यसमितीका सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित विशेष समारोहमा नवनिर्वाचित अध्यक्ष सहित कार्यसमितिका सदस्यहरुले पनि सपथ ग्रहण गरेका हुन् । निर्वाचन समितिका संयोजक श्रीराम दवाडीले नवनिर्वाचितहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
शपथ ग्रहण लगतै एन्फा अध्यक्ष नेम्वाङले आफ्नो कार्यभार सम्हालेका छन् ।
नेम्वाङले एन्फाका निवर्तमान महासचिव इन्द्रमान तुलाधर, निर्वाचन समिति, सञ्चारमाध्यम र एन्फाका कर्मचारीलाई निर्वाचन प्रक्रियामा भूमिका निर्वाह गरेकोमा धन्यवाद समेत दिए ।
