
पोखरा स्पोर्टस । तनहुँ जिल्ला भलिबल संघको अध्यक्षमा पदम बहादुर सुनार सर्वसम्मत निर्वाचित भएका छन् ।
तनहुँको सदरमुकाम दमौलीमा मंगलबार सम्पन्न अधिवेशनले अध्यक्ष पदमा पदम सर्वसम्मत निर्वाचित भएको केन्द्रिय निर्वाचन समितिका सदस्य राजकुमार गुरुङले जनाएका हुन् । अधिवेशनले भिमादका लक्ष्मण गुरुङ र आँवुखैरेनीका रमेश कुमार श्रेष्ठलाई उपाध्यक्षमा निर्वाचित गरेको छ भने महासचिवमा ऋषिङका अशोक गिरी र कोषाध्यक्षमा शुक्ला गण्डकीका विमलराना निर्वाचित भएका छन् ।
यसै गरी कार्यसमितीको सदस्यमा चक्र कुंवर (भिमाद), राजु राई (म्याग्दे), तुल बहादुर थापा (ऋषिङ), किसान थापा (शुक्ला गण्डकी), तिल बहादुर थापा (घिरिङ), लक्ष्मी कुमाल (व्यास), मदन थापा (बन्दिपुर) र शम्सेर लम्साल (भानु) निर्वाचित भएका छन् ।
प्रदेश प्रतिनिधिमा गोपाल थापा र टुक बहादुर गुरुङ चयन भएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका उपाध्यक्ष नविन गुरुङ, क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपाली लगायत अन्य खेलकुद संघ तथा क्लवका प्रनिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
तनहु जिल्ला भलिवल संघका निवर्तमान अध्यक्ष ऋषि भुसालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा जिल्ला खेलकुदका पूर्व उपाध्यक्षद्वय मनी थापा र विष्णु खत्रीको समेत सहभागिता रहेको थियो ।
