गोरखा जिल्ला भलिबलको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित

पोखरा स्पोर्टस । गोरखा जिल्ला भलिबल संघको अध्यक्षमा कृष्ण गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

गोरखामा मंगलबार सम्पन्न जिल्ला अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा कृष्ण दवाडी, महासचिवमा राजुबावु श्रेष्ठ र कोषाध्यक्षमा लक्ष्मण काप्रीलाई निर्विरोध निर्वाचित गरेको केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।

यसै गरी कार्यसमिती सदस्यमा कृष्ण कुमार श्रेष्ठ, नर बहादुर गुरुङ, जुनी थापा, हरि बहादुर थापा, शर्मिला कुमाल, कोपिला अधिकारी, विकास भट्ट र सानुबावु आले रहेका छन् । यसै गरी प्रदेश प्रतिनिधमा महासचिव श्रेष्ठ र कोषाध्यक्ष काप्रीलाई पठाउने निर्णय भएको जनाइएको छ ।

सो अवसरमा केन्द्रिय निर्वाचन समितीका सदस्य एवम नेपाल भलिबल संघका केन्द्रिय सदस्य राज कुमार गुरुङ, क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपाली, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका उपाध्यक्ष नविन गुरुङ, जिल्ला खेलकुदका कार्यालय प्रमुख पञ्चमान राई लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close