न्यू ग्यालेक्सी एसइई भलिबलको उपाधि बागलुङ टाइगर टिमलाई 

पोखरा स्पोर्टस । पोखरा नदिपुरस्थित न्यू ग्यालेक्सी एसइई २०७९ छात्रतर्फको भलिबल उपाधि बागलुङको टाइगर टिमले जितेको छ ।

हालै एसइई दिएर बसेका छात्र/छात्राहरुको खेल प्रतिभा निर्खान आयोजित उक्त प्रतियोगितामा बागलुङको टाइगर टिमले तनहुँको शुक्लागण्डकीलाई पराजित गर्दै उपाधि जितेको हो । ओलम्पिक दिवसको सन्दर्भ समेत जोडेर आयोजित उक्त प्रतियोगितामा छात्रातर्फ माछापुच्छ्रे टिम ए ले माछापुच्छ्रे टिम बिलाई पराजित गर्दै उपाधि जित्न सफल भयो । उपाधि विजेताले नगद ८ हजार र उपविजेताले नगद ४ हजार प्राप्त गरेका छन् ।

विजयी टिम तथा खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटि अन्तर्गत रहेको स्पोर्टस फर अल कमिसन गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाट, विद्यालयका प्रिन्सिपल डा.रामजी शर्मा, भाइस प्रिन्सिपल राजेश भण्डारी, विद्यालयका डिसिप्लिन इन्चार्ज क्या. विर बहादुर गुरुङ लगायतले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा छात्रतर्फ ७ र छात्रातर्फ ४ टिमको सहभागिता रहेको थियो । स्मरणिय के छ भने विद्यालयले हालै मात्र छात्र–छात्रा बास्केटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ । भलिबल प्रतियोगिता भने विद्यालयले पहिलो पटक आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close