लमजुङ जिल्ला भलिबल संघको अध्यक्षमा बराल निर्विरोध

पोखरा स्पोर्टस । जिल्ला भलिबल संघ लमजुङको अध्यक्षमा दिवाकार बराल ‘वासुु’  निर्विरोध निर्वाचित भएका छन् ।

लमजुङको बेसीशहरमा सम्पन्न अधिवेशनले बराललाई पुनः दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । उनी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य समेत हुन् ।

अधिवेशनले उपाध्यक्षमा कृष्णमान गुरुङ, महासचिवमा रवि थापा, सचिवमा तिलक दुलाल र कोषाध्यक्षमा संगिता गुरुङलाई निर्वाचित गरेको छ ।

त्यसै गरी कार्यसमितीको सदस्यमा निर्वाचित हुनेहरुमा मिन प्रसाद घले, गणेश गुरुङ, इन्द्र बहादुर अधिकारी, दिल कुमार गुरुङ, ध्वज गुरुङ, किरण पण्डित, सुरेन्द्र गुरुङ र गणेश पण्डित निर्वाचित भएको जनाइएको छ ।

यस अघि अधिवेशनको उद्घाटन जिल्ला खेलकुद विकास समिति लमजुङका अध्यक्ष योग बहादुर गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close