१२ स्वर्ण सहित नेपाल च्याम्पियन

पोखरा स्पोर्टस । मित्र राष्ट्र भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ ।

नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको टोली नेता एवं प्रशिक्षक चित्र प्रसाद श्रेष्ठले जानकारी गराए । नेपाल सोतोकान (एसकेडियुएन) टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न जेष्ठ २७ गते त्यस तर्फ प्रस्थान गरेको थियो ।

स्वर्ण जित्न सफल खेलाडीहरुमा बर्षा के.सी.(१३ बर्ष), झरना के.सी.(१४ बर्ष), सुरोज राजबाहक (१५ बर्ष), एन्जीला राई (१६ बर्ष), शाहिल घले (१६ बर्ष), सर्मिला वाईवा (१७ बर्ष), पुष्पका लामा (४५ केजी), बर्षा बुढामगर (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), एरिका गुरुङ्ग (६८ केजी माथि) रहेका छन् । यसैगरि नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाए ।

यस्तै रुपक श्रेष्ठ (१७ बर्ष) र सम्मान मल्ल श्रेष्ठ (५० केजी मुनि) ले रजत पदक प्राप्त गरेका छन् । सुरेन्द्र तामाङ्ग (६७ केजी) र सञ्जय महर्जन (८४ केजी माथि)ले कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रशिक्षक चित्र प्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक ब्यवस्थापक, ७ महिला र ९ पुरुष गरि १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरि २३ सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close