
पोखरा स्पोर्टस । म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानियाँ निर्विरोध चयन भएका छन् ।
म्याग्दी सदरमुकाम बेनीमा बिहिबार सम्पन्न अधिवेशनले तेजेन्द्रलाई अध्यक्षमा निर्विरोध चयन गरेको नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङले जनाएका हुन् । यसै गरी कार्य समितीको उपाध्यक्षद्वयमा खड्ग केसी र रत्न भण्डारी चयन भएका छन् भने महासचिवमा कुमार किसान तथा कोषाध्यक्षमा विष्णु रोका चयन भएको गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
अधिवेशनले कार्यसमिती विभिन्न पालिकाहरुबाट सदस्यमा निर्वाचित हुनेहरुमा धवलागिरीबाट चित्र जुग्जाली, मालिकाबाट सलमान जुग्जाली, रघु गंगाबाट गंगा तिलिजा, अन्नपूर्णबाट अप्सन राम्जाली, बेनी नपाबाट मनोज खड्का, मलिन रोका, रुपेश सुन्दास र राजकुमार शाही रहेका छन् । त्यसै गरी प्रदेश प्रतिनिधीमा गंगा केसी र खड्ग केसीलाई चयन गरिएको छ ।
यस अघि अधिवेशनको उद्घाटन गण्डकी प्रदेश निर्वाचन समितीका संयोजक एवम केन्द्रिय उपाध्यक्ष याम बहादुर गुरुङले गरेका थिए । उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिनेश केसी, नेपाल भलिबल संघका केन्द्रिय सदस्य राजकुमार गुरुङ, क्षेत्रिय भलिबल संघका नविन गुरुङ, क्षेत्रिय खेलकुद विकास समितीका लेखा प्रमुख डिवी नेपाली, जिल्ला खेलकुद म्याग्दीका कार्यालय प्रमुख दान बहादुर राई, पूर्व खेलाडीहरु लगायतको सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रम जिल्ला भलिबल संघ म्याग्दीका निवर्तमान अध्यक्ष रमेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
