बागलुङ जिल्ला भलिबल संघको अध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित

पोखरा स्पोर्टस । बागलुङ जिल्ला भलिबल संघको सम्पन्न अधिवेशनले योगेश भण्डारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

नेपाल भलिबल संघको निर्देशन बमोजिम बागलुङमा बिहिबार सम्पन्न अधिवेशनले भण्डारी सहित सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा किशोर छन्त्याल र गोरख भण्डारी, महासचिवमा सन्दिप पन्त र कोषाध्यक्षमा प्रकाश थापा निर्वाचित भएका छन् ।

यसै गरी कार्यसमिती सदस्यमा निरकुमार घर्ती मगर, लिलकुमार छन्त्याल, दिलिप थापा, तेजिन्द्र क्षेत्री, देव बहादुर श्रीष, हिमाल रोका, लुकु श्रीष र अमृता जिसी निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी कार्यसमितीमा कृष्ण शेरचन, द्रोण कार्की, सरोज कुमार घर्ती र मन बहादुर पुनलाई मनोनयन गरिएको छ भने क्षेत्रिय प्रतिनिधीमा कमला श्रीष मगर र सोम बहादुर पैवी (यामु)लाई चयन गरिएको छ ।

यस अघि उक्त अधिवेशनको उद्घाटन नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङले गरेका थिए । कार्यक्रममा संघका केन्द्रिय सदस्य राजकुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका नविन गुरुङ, जिल्ला खेलकुदका अध्यक्ष कुमार खडका, क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपाली, बागलुङ जिल्ला खेलकुदका कार्यालय प्रमुख राजेश बास्कोटा, पूर्व खेलाडीहरु, पालिकाका प्रतिनिधीहरुलगायतको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रम संघका निवर्तमान अध्यक्ष याम श्रीषको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close