पोखरा स्पोर्टस । पोखरा महानगरपालिका २५ हेमजामा हुने ‘छैटौं अन्तर्राष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ ।
पोखरामा अहिले सम्म सञ्चालन हुँदै आएको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता पोखराले अर्को गोल्डकप गर्न सक्छ भन्ने सन्देश सहित प्रतियोगिताको आयोजना गर्न लागेको उनको भनाई छ । ‘पोखरामा एक मात्रै गोल्डकप हुदैँ आइरहेको थियो अब हामीले पनि संचालन गर्ने तयारी गरेका हौँ’ उनले भने–‘आहा ! रारा गोल्डकपकै प्रेरणाले हामीलाई उर्जा थपेको हो । पोखरालाई खेलकुदको राजधानी बताइरहँदा यस्ता प्रतियोगिताले थप टेवा पुग्ने हामीले विश्वास लिएका छौं ।’
हेमजा युनाइटेडको आयोजनामा शनिबारबाट सुरु हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता’का लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिएका हुन् । उनका अनुसार मैदानको केही भाग रङ्ग रोङ्गन र स्टेज सजावटको मात्रै काम बाकिँ रहेको छ । त्यो बाहेक प्रतियोगिताका अन्य तयारी सकिएको छ ।

एक विदेशी सहित ८ टिम सहभागि हुने प्रतियोगितामा भोलिसम्म सबै टोली पोखरा आइपुग्ने क्लवले जनाएको छ । पहिलो पटक गोल्डकपको रुपमा आयोजना गर्न लागिएको प्रतियोगिता सहारा क्लब पोखराले आयोजना गर्दै आइरहेको आहा ! रारा गोल्डकपबाट प्रेरणा मिलेको अध्यक्ष कुंवरले बताए ।
पोखरा २५ स्थित गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी क्यामरुनको अफ्रिकन टिम, कमलटार, कालिका स्पोर्टस चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेमजा युनाइटेडको सहभागिता रहने भएको कुवरँले जानकारी दिए ।
पोखरामा अहिले सम्म सञ्चालन हुँदै आएको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता पोखराले अर्को गोल्डकप गर्न सक्छ भन्ने सन्देश सहित प्रतियोगिताको आयोजना गर्न लागेको उनको भनाई छ । ‘पोखरामा एक मात्रै गोल्डकप हुदैँ आइरहेको थियो अब हामीले पनि संचालन गर्ने तयारी गरेका हौँ’ उनले भने–‘आहा ! रारा गोल्डकपकै प्रेरणाले हामीलाई उर्जा थपेको हो । पोखरालाई खेलकुदको राजधानी बताइरहँदा यस्ता प्रतियोगिताले थप टेवा पुग्ने हामीले विश्वास लिएका छौं ।’
प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका साथै मोफसलमा हुने गोल्डकप फुटबल प्रतियोगिताका विजेता क्लबहरुलाई समेत आमन्त्रण गरेको सुनाए । ‘हामीले सबै ए डिभिजन क्लबलाई आमन्त्रण गरेका छैनौं’ उनले थपे–‘मोफसलमा गोल्डकप जितेका टिमहरुलाई समेत आमन्त्रण गरेका छौं ताकि उनीहरुको हौसला बढोस् र हाम्रा खेलाडीको पनि ।’
पोखरा २५ स्थित गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी क्यामरुनको अफ्रिकन टिम, कमलटार, कालिका स्पोर्टस चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेमजा युनाइटेडको सहभागिता रहने भएको कुवरँले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
युनाइटेड क्लवले फुटबल एकेडेमी संचालनार्थ आयोजना गर्न लागेको प्रतियोगिता असार ४ गतेदेखी ११ गतेसम्म संचालन हुनेछ ।