न्यू ग्यालेक्सीमा ‘चौथो एसइई बास्केटबल प्रतियोगिता २०७९’ सुरु

पोखरा स्पोर्टस । पोखरा ३ स्थित न्यू ग्यालेक्सी स्कुल नदिपुरमा ‘चौथो एसइई छात्रा/छात्रा बास्केटबल प्रतियोगिता २०७९’ सुरु भएको छ ।

तिन दिन सम्म आयोजना हुने उक्त प्रतियोगिताको पोखरामहानगर पालिका बडा नं. ३ का वडा अध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरेका हुन् । उक्त प्रतियोगिता ओलम्पिक दिवसका अवसरमा समेत आयोजना भएको हो । सो अवसरमा उनले न्यू ग्यालेक्सीले शैक्षिक उत्कृष्टताका संगैं खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा हासिल गरेको उपलब्धिले आफ्नो वडामात्र नभएर सम्पूर्ण पोखरालाईनै गौरवान्वित बनाएको बताए ।

कार्यक्रम माथि प्रकाशपार्दै विद्यालयका प्रिन्सिपल डा. रामजी शर्माले विगत पाँच बर्ष देखिनै यस्तो खेलकुद लगायत विद्यार्थी लक्षित सिर्जंनात्मक कार्यक्रमहरु अगाडी बढाएको उल्लेख गरे । उनले एसइई दिएर बसेका विद्यार्थीहरुको समयलाई थप सृजनात्मक र सकारात्मक बनाउने संगै उनीहरुको खेल प्रतिभाको विकास गराउँदै राष्ट्रिय प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्य विद्यालयले लिएको बताए । उनले भने–“यो प्रतियोगिताले उमेर समुहका विद्यार्थीहरु बिचमा मित्रता र सौहार्दताको विकासहोस भन्ने मुख्य तिन उद्धेश्यहरु रहेका छन् ।”

लिगकम नकआउट आधारमा खेलाइने उक्त प्रतियोगितामा जिल्लास्तर बाट १२ टिम सहभागी रहेको खेल संयोजक क्याप्टेन विर बहादुर गुरुङले जानकारी गराएका छन् ।

कार्यक्रममा वडामा नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरु सनकमान सि.के, सवि परियार, नविन आले मगर, शान्ति पराजुली लगाएत ज्ञानमार्ग स्वतन्त्र महिला समुहका अध्यक्ष लक्ष्मी ताम्राकारलाई सफलकार्यकालको शुभकामना सहित सम्मान गरिएको थियो ।

लक्ष्मीमायाँ कायस्थको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विद्यालयका शिक्षक तथा वरिष्ठ गजलकार अनुराग अधिकारीले समेत आफ्ना भनाई राखेका थिए । कार्यक्रममा कक्षा ११ मा विज्ञान तथा होटल म्यानेजमेण्टमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close