
पोखरा स्पोर्टस । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि खेलकुद पूर्वाद्धार निर्माणका लागि १५ करोड खर्च गर्ने भएको छ ।
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल ‘जिवन’ले प्रदेश सभामा प्रस्तुत गरेको विनियोजन बजेटमा खेलकुदको पूर्वाद्धार निर्माणका लागि १५ करोड खर्च गरिने जनाएका हुन् । यसै गरी एक स्थानियतह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिएको जनाउँदै मन्त्री बरालले खेलकुद पूर्वाद्धार निर्माणमा जोड दिइ पोखरा रंगशाला, कभर्डहल र प्रदेश राजधानी पोखरामा राष्ट्रिय तथा प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने गरी नेपाल सरकार संगको साझेदारीमा पोखरा रङ्गशालाको स्त्तरोन्नती गर्ने जनाएका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रभावकारी सहभागिताका लागिआवश्यक बजेट व्यवस्था गरेको जनाउँदै राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेताका लागि प्रोत्साहन स्वरुप नगद पुरस्कारको व्यवस्था गरेको जनाएका छन् । राष्ट्रिय तथा प्रदेशस्तरिय खेलकूद प्रतियोगितामा भाग खेलाडीहरुको विमा प्रदेश सरकारले गर्ने भएको छ भने प्रदेशस्तरिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न र ति प्रतियोगितामा सहभागि हुने खेलाडीलाई प्रोत्साहन गरी समग्र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट
छुट्टाएको प्रस्तुत विनियोजन बजेटमा जनाइएको छ ।
त्यसै गरी साहसिक खेलको प्रवर्द्धन एवम् प्रतियोगिताको आयोजना गर्दै खेल पर्यटनको प्रवर्द्धन गर्ने संगै प्रदेश सरकार र निजि क्षेत्रको सहकार्यमा सांस्कृतिक, धार्मिक, साहसिक, कृषी, स्वास्थ्य, खेल पर्यटक आर्कषित गर्न कार्यक्रमहरु सञ्चालन गरिने जनाईएको छ ।
