छैटौं हेमजा गोल्डकप असारको पहिलो साताबाट सुरु हुने

पोखरा स्पोर्टस । ‘छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा आमन्त्रित नक आउट गोल्डकप २०७९’ यहि असारको पहिलो साताबाट सुरु हुने भएको छ ।

पोखरा २५ स्थित हेमजा युनाइटेडको आयोजनामा उक्त प्रतियोगिता यहि असारको ४ देखि ११ गतेसम्म गौरीशङ्कर खेल मैदानमा हुने भएको हो । विगतमा पाँचौ संस्करण सम्म शुभकामना कपबाट सञ्चालन भएको उक्त प्रतियोगिता यो वर्षबाट गोल्डकपको रुपमा अघि बढेको क्लवले जनाएको छ ।

प्रतियोगितामा आयोजक युनाइटेड सहित विरगञ्ज युनाइटेड, खुमलटार युवा क्लव, बागमती युवा क्लव, चर्च ब्वाइज एफसी, कालिका स्पोर्टस एकेडेमी, एपिएफ क्लव सहित विदेशी क्लव एभनिर एफसी डाउला गरी ८ टिमको सहभागिता हुनेछ ।

उक्त प्रतियोगितामा विजेता टिमले नगद ६ लाख र उपविजेता टिमले नगद ३ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुनेले जनही नगद १५–१५ हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

हेमजा युनाइटेडले प्रतियोगिता सम्पन्न गर्न ६३ लाख ५० हजार खर्च लाग्ने जनाउँदै प्रतियोगिता सफल बनाउन क्लवका अध्यक्ष इन्द्र कुवंरले सवै सङ्ग आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close