एन.आर.एन ए अस्ट्रेलियाबाट सहारा एकेडेमीलाई ५० हजार सहयोग

पोखरा स्पोर्टस । गैर आवाशिय नेपाली संघ (एन.आर.एन.ए) अस्ट्रेलियाले सहारा एकेडेमी पोखरालाई अक्षय कोषका लागि सहयोग गरेको छ ।

एन.आर.एन एले सहारा एकेडेमी अक्षय कोषका लागि ५० हजार २ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको हो । एन.आर.एन ए अस्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङले उक्त रकम अक्षय कोषका लागि पठाएको सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ले जनाएका छन् ।

एन.आर.एन ए अस्ट्रेलियाले अक्षय कोषका लागि गरेको सहयोगक लागि क्लवका अध्यक्ष सुरजले आभार व्यक्त गरेका छन् । उनले भने–“एन.आर.एन ए अस्ट्रेलियाले गरेको सहयोगका लागि अध्यक्ष नन्दु गुरुङ सहित एन.आर.एन ए अस्ट्रेलिया परिवारलाई आभार व्यक्त गर्न चाहन्छु ।” सहारा एकेडेमीले एकेडेमी सञ्चालनका लागि अक्षय कोष निर्माण गरी कठिन परिस्थतीमा रहेका बालकहरुका लागि फुटबल प्रशिक्षण संगै शिक्षा समेत प्रदान गर्दै आइरहेको छ ।

पोखरा १७ स्थित दोविल्लामा अवस्थित एकेडेमीमा हाल १५ जना बालकहरु रहेको र मासिक २ लाख भन्दा वढी खर्च हुने क्लवले जनाउँदै कोषमा हाल सम्म करिव २ करोड रकम संकलन भइसकेको क्लवले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close