अस्ट्रियन ओपनमा अशोक उत्कृष्ट निर्णायक

पोखरा स्पोर्टस । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अस्ट्रियन ओपन वर्ल्ड र्‍याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

प्रतियोगितामा विभिन्न ४० राष्ट्रका ६४ निर्णायक सहभागी भएकोमा ६ जनालाई उत्कृष्ट निर्णायक घोषित गरिएको थियो । त्यस मध्ये अशोक पनि उत्कृष्टमा परेका हुन् ।

अस्ट्रियाको इन्सबकमा मे २८ र २९ तारिखमा भएको प्रतियोगितामा खड्काले पहिलो दिन ११ र दोश्रो दिन ८ खेल खेलाएका थिए । त्यस मध्ये उनले सिनियरको २ र क्याडेटको १ गरी ३ फाइनल खेलाएका थिए । सिनियरको पुरुष ६३ केजी र महिला ७३ केजीमुनिमा निर्णायकको भूमिका निर्वाह गरेका अशोकले क्याडेटतर्फ पुरुष ३८ केजीमुनि फाइनल खेलाएका थिए ।

आयोजक अस्ट्रियन तेक्वान्दो महासंघका अध्यक्ष डा.रेजा जादेह मोहम्मदले अशोकलाई उत्कृष्ट भएवापत मायाको चिनो प्रदान गरे । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने अशोक एक्लो हुन् । खड्का पुम्से र पारा तेक्वान्दोको पनि निर्णायक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close