तेन्जिङ हिलारी एभेरेष्ट म्याराथनको उपाधि तिर्थ र पूर्णिमाले जिते

पोखरा स्पोर्टस । तेन्जिङ हिलारी माउन्ट एभरेष्ट म्याराथनको उपाधि पुरुषतर्फ तिर्थ बहादुर तामाङ र महिलातर्फ पूर्णिमा राईले जितेका छन् ।

आइतबार सम्पन्न तेन्जिङ हिलारी माउन्ट एभरेष्ट म्याराथनमा नेपाली धावक तिर्थले ४२.१९५ किमि दुरी ३ धन्टा ५१ मिनेट ०९ सेकेण्डमा पुरा गरी उपाधि जितेका हुन् । त्यसै गरी महिलातर्फ नेपालकी धाविका पूर्णिमाले ५ घन्टा १९ मिनेट १५ सेकेण्डमा पुरा गर्दै उपाधि जितिन् । उपाधि संगै उनीहरुले जनही १/१ लाख नगद हात पारेका छन् ।

यसैगरी पुरुषतर्फ राज कुमार राजभण्डारीले ३ घन्टा ५१ मिनेट ५९ मा दुरी पार गर्दै दोश्रो भए भने सुमन कुलङले ३ घन्टा ५३ मिनेट १० सेकेण्डमा पुरा गर्दै तेश्रो भएका छन । महिलातर्फको दोश्रो स्थान अमलधनी राई ५ घन्टा ३९ मिनेट ०१ सेकेण्डमा पार गर्दै दोश्रो र ५ घन्टा ४४ मिनेट १९ सेकेण्डमा पार गर्दै सेदिका राई तेश्रो भएकी छन् । प्रतियोगितामा दोश्रो हुने पुरुष र महिला खेलाडहिरुले जनही नगद ७५/७५ हजार र तेश्रो हुनेले नगद ५०/५० हजार प्राप्त गरेको अग्रज खेलाडी तथा दौडका टेक्निकल सदस्य खड्ग बहादुर रानाभाटले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यसै गरी फुल म्याराथन विदेशीतर्फ भने स्विजरल्याण्डका बर्नहार्ड जेन्गरले ५ घन्टा ५१ मिनेट २७ सेकेण्डमा पुरा गर्दै पहिलो भएका छन् । त्यसै गरी रोमनियाका ६ घन्टा १ मिनेट २० सेकेण्डमा दौड पुरा गर्दै रोमनियाका ड्रागोस मुनटियानु दोश्रो र बेलायतका बेन्जामिन सिनक्लेयरले ६ घन्टा २१ मिनेट ११ सेकेण्डमा दौड पुरा गरी तेश्रो भए ।

प्रतियोगिता अन्तर्गत नै भएको विदेशी महिलातर्फको हाफ म्याराथनमा भने जर्मनीकी भेरिना सिमायरले जितिन् । उनले हाफ म्याराथनको दुरी ३ घन्टा ०६ मिनेट ३४ सेकेण्डमा पुरा गरिन् भने रोमनियाकी एलिना फर्टुले ३ घन्टा २३ मिनेट १७ सेकेण्डमा दौढ पुरा गर्दै दोश्रो र जर्मनी कै डियटमार स्टुव ३ घन्टा ३० मिनेट १९ सेकेण्डमा दौड पुरा गरी तेश्रो भइन् ।

प्रतियोगिता अन्तर्गत नै सम्पन्न ६० किमि एक्स्ट्रिम अल्ट्रा म्याराथनको उपाधि अर्जुन राई कुलुङले जितेका छन् । उनले अल्ट्रा म्याराथनको दुरी ७ घन्टा ०४ मिनेट ३५ सेकेण्डमा पुरा गरेका थिए । त्यस्तै ७ घन्टा ३९ मिनेट ३३ सेकेण्डमा दुरी पार गर्दै गोपाल तामाङ दोश्रो र ७ घन्टा ३९ मिनेट ३३ सेकेण्डमा दुरी पार गर्दै दुर्गा राज बुढा तेश्रो भएका छन् ।

तेन्जिङ हिलारी एभेरेष्ट म्याराथन वेस क्याम्पबाट सुरु भएर नाम्चे बजारमा पुगेर समापन भएको थियो भने हाफ म्याराथन दुवुचे देखि नाम्चे बजार पुगेर सकिएको थियो । उक्त प्रतियोगिता हरेक वर्ष आयोजना हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close