नेपाल जेटीआई जुनियर टेनिस शुक्रबारदेखि

पोखरा स्पोर्टस । टिम टेनिस नेपालको आयोजनामा टिम टेनिस नेपाल जेटीआई जुनियर टेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् । विभिन्न ६ उमेरसमूहमा खेल हुने छ । ब्वाइज/गर्ल्समा ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने छ । पाँचदिने प्रतियोगिताका खेलहरु धापाखेलस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close