
पोखरा स्पोर्टस । पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गते सम्म हुने भएको छ ।
यस अघि हुने २२ देखि २८ सम्म हुने भनिएको प्रतियोगिताको मिति समय नपुगेको भन्दै सारिएको हो । युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता असोजको २८ देखि कार्तिक ३ गतेसम्म हुने एक पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले प्रतियोगिता फास्ट ट्रयाकमा गर्ने भनिएपनि कानुनी प्रक्रिया र सार्वजनिक खरिद ऐन अनुसार अहिलेको मितीमा गर्न नसक्ने अवस्था भएको जनाउँदै प्रतियोगिता असोजको अन्तिममा सार्नुपर्ने बाध्यता भएको उल्लेख गरेका छन् ।
यो प्रतियोगिता दुई बर्ष अघि नै हुनुपर्ने राष्ट्रिय खेलकुद कोभिड १९ का कारण धकेलिएको थियो । नवौंको लोगो र मस्कट यस अघि नै राखेपले सार्वजनिक गरिसकेको छ ।
