एन्फा अध्यक्ष शेर्पाले दिए उम्मेदवारी

पोखरा स्पोर्टस । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले असार ६ गते हुने एन्फा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले दोश्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षका लागि शेर्पाको उम्मेदवारी मछिन्द्र फुटबल क्लबका सुनिल कपालीले प्रस्ताव गरेका थिए भने रुपन्देही जिल्ला फुटबल संघका लोकबहादुर पुनले समर्थन गरेका थिए ।

शेर्पाको प्यानलले एन्फा कम्प्लेक्सस्थित एन्फा निर्वाचन कार्यालयमा पनि उम्मेदवारी दर्ता गराएको छ ।

वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सदस्यमा दीपक थापा, प्रविण यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ, टीकाराम लामा, प्रदेशसिंह राठौर, भरत बुढा थापा, अनिल श्रेष्ठ, रमेश व्यञ्जनकार, मणिराज विष्ट र मनिष जोशीले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close