
पोखरा स्पोर्टस । टर्किको ईस्तानबुल शहरमा यहि सन् २००० को मई ६ देखि २१ तरिखसम्म सञ्चालित आईबा वर्ल्ड बक्सिङ् च्यािम्पयनशिपमा सहभागि नेपाली टोली स्वदेश फर्किएको छ ।
नेपाली टोली पदक विहिन हुँदै रित्तो हात स्वदेश फर्किएको हो । ७३ देशका ३१० महिला खेलाडीहरुको सहभागिता रहेको उक्त नेपाली टोलीमा ४८ किलो तौल समुहमा सुस्मा तामाङ्खले मंगोलियन खेलाडीमाथि पहिलो राउण्डदेखि अन्तिम राउण्डसम्म नै दबाब कायम गरे पनि रित्तो हात स्वदेश फर्किनु परेको छ । बक्सिङ संघले उनीबाट पदकको आश गरेको थियो ।
त्यसैगरी ५२ किलो तोल समूहमा १३ औ सागका स्वर्ण पदक विजेता मिनु गुरुङ, ५७ किलो तौल समुहमा चन्द्रकला थापा र ६० किलो तौल समूहमा पुनम रावलले उत्कृष्ठ खेल प्रदर्शन गरे पनि निराश बन्नु परेको बक्सिङ संघले जनाएको छ ।
टोलीमा रहेका प्रशिक्षकहरुमा प्रमुख प्रशिक्षक प्रकाशथापा मगर, सहायक प्रशिक्षक आईबा थ्री स्टार कोच दीपक महर्जन र टिम व्यवस्थापक पुष्करराज पन्त रहेका थिए । उनीहरुलाई त्रिभुवन विमानस्थलमा नेपाल बक्सिंग संघका केन्द्रीय सदस्य मानबहादुर भण्डारी, बागमती प्रदेश बोर्ड सदस्य एवं आईवा वान स्टार रेफ्री धनकुमार मैनाली, साग स्वर्ण पदक विजेता एवम् आईवा वान स्टार रेफ्री रामचन्द्र थापा मगरलगायतले स्वागत गरेका थिए ।
नेपाल बक्सिंंग संघका अध्यक्ष राम अवालेले भिडियो कन्फरेन्स मार्फत सवै खेलाडी तथा टिमलाई स्वागत गरेका थिए । उक्त प्रतियोगिताका समयमा आयोजना गरिएका विभिन्न उमन ईम्पावरमेन्ट प्रशिक्षण, आईटिओ वर्कसप, आईवा टिम कटमेन वर्कसपमा समेत खेलाडीहरु तथा टिम व्यवस्थापकलगायत प्रशिक्षकहरु सहभागी भएका थिए ।
