एनआरएस फुटसल उपाधि ग्रिष्मालाई

पोखरा स्पोर्टस । ग्रिष्मा मल्टिपर्पोज कोअपरेटिभ लिमिटेड दोश्रो एनआरएस फुटसल उपाधि हात पार्न सफल भएको छ ।

फाइनलमा ग्रिष्माले ज्याकीप्वाईन्ट हेल्थ प्रा.लि.लाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । एनआरएस स्पोर्टस् फाउण्डेसनको आयोजनामा भएको प्रतियोगिताको बिजयी टिमले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

उपबिजेता ज्याकीप्वाईन्टले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस अघि ग्रिष्माले फाइनल प्रवेश गर्ने क्रममा खेलकुद पत्रकारहरुको संगठन नेपाल खेलकुद पत्रकार मञ्चलाई पराजित गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा गोलकिपर बिजयी टीमका संजोग श्रेष्ठ र संयोग बास्तोला घोषित भए । यस्तै उत्कृष्ट टीम (फेयर प्ले) कुमारी टिम घोषित भयो । उत्कृष्टले समान ५ हजार प्राप्त गरे ।

बिजयी तथा उपबिजयी टीमलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको उद्घाटन प्रतिनिधी सभाका साँसद् एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले गरेका थिए ।

प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close