
पोखरा स्पोर्टस । खेलाडी र प्रशिक्षक विवादको सत्यतथ्य पत्ता लगाउन पूर्व नेपाली अन्तर्राष्ट्रिय तथा नेपाली सेनाका अवकाशप्राप्त उपरथी विजय राणाको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदलले बुधबार अखिल नेपाल फुटबल संघलाई प्रतिवेदन बुझाएको छ ।
कार्यदलले प्रतिवेदन एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई बुझाएको हो ।
एएफसी एसियन कपको तयारी शिविरमा हाल बन्द शिविरमा रहेका राष्ट्रिय टोलीका १० सदस्यले घटनाको सत्यतथ्य पत्ता लगाउन अफ्नाको आकस्मिक कार्यकारी समितिले पूर्व नेपाली अन्तर्राष्ट्रिय विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापासहितको कार्यदल गठन गरेको थियो । २०२३ को क्वालिफायरमा राष्ट्रिय टोलीले २६ अप्रिलमा बन्द शिविर छोडेको थियो ।
प्रतिवेदन ग्रहण गर्दै एन्फाका महासचिव इन्द्रमान तुलाधरले प्रतिवेदनमा आएका सुझावका आधारमा एन्फाले थप निर्णय गर्ने बताए । ‘अब सचिवालय वा कार्यसमिति बैठक वा एन्फाको कानूनी समितिबाट प्रतिवेदनका सुझावका आधारमा आवश्यक काम गर्छौँ,’ तुलाधरले भने ।
