सर्ने भयो नवौं राष्ट्रिय खेलकुद, अव असोजको पहिलो साता

पोखरा स्पोर्टस । पोखरामा यहि जेठ २२ देखि २८ गते सम्म हुने भनिएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता सर्ने भएको छ ।

समय अभाव र बजेट समेत विनियोजन नभएका कारण राष्ट्रिय खेलकुद सर्ने भएको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोजको पहिलो साता गर्ने गरी यूवा तथा खेलकुद मन्त्रालयमा प्रस्ताव पठाउने तयारी गरेको छ । स्रोतका अनुसार नवौं राष्ट्रिय खेलकुद राखेपले असोज १ देखि ७ गते सम्म गर्ने तयारी गरिरहेको छ ।

राखेपले जेठ २२ देखि २८ गेत सम्म प्रतियोगिता गर्ने तयारी गरे पनि अर्थ मन्त्रालयले सामाग्री खरिद लगायतका प्रक्रियाका लागि ३५ दिने सूचना आवश्यक हुने बताए पछि राखेपले नयाँ मिति प्रस्ताव अघि बढाउने गरी तयारी थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close